Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार जनाभन्दा तल झर्‍याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार आठ सय ३५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको तेस्रो लहरमा गएको माघको मध्यतिर सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै एक लाख जना पुगेको थियो । नेपालमा अहिलेसम्म नौ लाख ४२ हजार सात सय ३७ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै २४ घण्टामा ६ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, आरडीटी र एन्टिजेन गरी सात हजार ९५ जनाको नमुना परीक्षण गर्दा ६ सय ८० जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा थप दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नौ सय दुई जना पुगेको छ । यसैबीच २४ घण्टामा थप ४३ हजार आठ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP