Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

जयपृथ्वीका इसिडी शिक्षकले पाउने भए थप रकम

बझाङ : जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालले संघीय सरकारले निर्धारण गरेको तलब सुविधा पाउने भएका छन्।

नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए। नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गेको छ।

नगरपालिकामा ४४ इसिडी शिक्षकसहित ५५ जना विद्यालय सहयोगी र सातजना लेखापालका गरी ११२ जनाका लागी ४९ लाख २० हजार रुपैयाँ बजेट समेत विनियोजन गरेको नगरपालिकाका आन्तरिक लेखापरीक्षक लालबहादुर खातीले जानकारी दिए। साथै‚ कार्यपालिकाको बैठकले हिउँदे अधिवेशनबाट उक्त प्रस्ताव अनुमोदन समेत भैसकेको  खातीको भनाइ छ।

वडा नम्बर १ कैलाशस्थित बेताल सामुदायिक विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी इसिडी शिक्षक ज्वाला शाहीले अरु शिक्षकजस्तै आफू दिनभर पढाउँदै आए पनि महिनाको ८ हजार रुपैयाँ मात्रै पाउने गरेको बताइन्। नगरपालिकाले फागुन १ देखि लागु हुने गरी सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेपछि आफू खुसी रहेको उनले बताइन्।

संघीय सरकारले निर्धारण तलब सुविधा पाउनुपर्ने माग गर्दै बालविकास सहजकर्ता शिक्षक, विद्यालयका सहयोगी, लेखापालले बेलाबेलामा आन्दोलन समेत गर्दै आएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP