सुनसरी : भोक्राहा नरसिंह गाउँपालिका-४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले उराँव सवार प्रदेश ०१–०२–०४१ प २१५५ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
निर्मला भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेकी थिइन्। एम्बुलेन्स चालक सप्तरीको विषनपुर-५ का २७ वर्षीय सुनिलकुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया