काठमाडौं : वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ। हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो। त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। बिहान १० बजेदेखि साढे १२ बजे सम्म श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा राखिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।
उनको हिजो बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा निधन भएको थियो। सिन्धुपाल्चोक बाह्रबिसेमा जन्मिएका वरिष्ठ गायक लामाको थुप्रै लोकगीत चर्चित छन्।
१ सय भन्दा बढि चलचित्र र टेलिचलचित्रमा समेत उनले अभिनय गरेका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया