Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

दाङकाे घोराहीमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव

दाङ – नेपाल विद्युत् प्राधिकरण घोराही दाङमा नयाँ विद्युत् लाइन जडानका लागि मिटर बक्स अभाव भएको छ । विद्युत् जडानका लागि १ हजार ९ सयभन्दा  बढी ग्राहकले निवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको विद्युत् प्राधिकरण घोराही दाङले जनाएको छ । 

विद्युत् प्राधिकरणले टेण्डर प्रक्रियामार्फत भारतबाट मिटर बक्स खरिद गर्ने गरेको छ तर यस पटक मिटर बक्स खरिद गर्न ढिलाइ गर्दा दाङमा मिटर बक्स पुर्‍याउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्र नयाँ ग्राहक सेवा फाँटका जङ्गबहादुर घर्तीले जानकारी दिनुभयो ।

मिटर बक्स नभएपछि धेरै ग्राहकहरुले घरमा वाइरिङ गरे पनि लामो समयसम्म मिटर बक्स पाउन नसकेको गुनासो गर्दै आएका छन् । वितरण केन्द्रमा विद्युत् लाइन जडानका लागि करिब १ हजार ९ सयभन्दा बढीको आवेदन परेको छ। आर्थिक वर्ष २०७८/०७९ को अहिलेसम्म १ हजार ९ सय ४५ जनाको आवेदन परेको हो । विद्युत् विस्तारसँगै सहरी क्षेत्रमा जनसङ्ख्या बढ्दै गएपछि घोराहीमा विद्युत् जडान गर्नेका लागि निवेदन दिने ग्राहकहरुको सङ्ख्या समेत बढ्दै गएको छ ।

विद्युत् जडानका लागि आवेदन दिएकामध्ये अहिलेसम्म ६ सय ३० जनाको घरमा विद्युत् जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । विद्युत् जडानका लागि आवेदन दिए पनि नेपाल विद्युत् प्राधिकरण केन्द्रले शाखामा मिटर बक्स नपठाउँदा धेरै ग्राहकको घरमा विद्युत् जडान गर्न नसकिएको कार्यालयले जनाएको छ। 

‘विद्युत् जडानका लागि धेरैले कार्यालयमा आवेदन दिनुभएको छ तर कार्यालयमा मिटर बक्स अझै आइपुगेको छैन’, उहाँले भन्नुभयो– ‘विद्युत् प्राधिकरणले टेण्डरमार्फत मिटर बक्स खरिद गरेर नेपाल ल्याइसकेको छ । अब जिल्लामा पठाएपछि निवेदन दिएका ग्राहकको घरमा जडान गर्नेछौँ ।’

अहिले काठमाण्डौमा स्मार्ट विद्युत् मिटर बक्स जडान गर्दा त्यहाँबाट दाङ पठाएका ६ सयभन्दा बढी मिटर बक्सहरु भने ग्राहकको इच्छाहरु अनुसार यो अवधिमा जडान गरिएको नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP