काठमाडौं : काठमाडौं, दाङ र दार्चुलामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। काठमाडौंको कपन सरस्वती नगरमा गएराति पैदलायात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत अनियन्त्रित भएर पल्टिँदा घाइते भएका दुवैको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुङ्गा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुङ्गाको हर्कपुरका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन्।
मोटरसाइकल चालकको उपचारको क्रममा हेल्पिङ ह्यान्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा रातिनै मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।
बा ६४ प १३९६ नम्बरको मोटरसाइकलले गएराति साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाउँदा घरको भित्तामा गएर ठोकिएको थियो।
यस्तै दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा गएराति भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। लु २ च ७६ ८२ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको रा ४ प ३४ ६१ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा कार अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ७ की १० वर्षीया सन्ध्या चौधरीको उपचारका क्रममा दाङकै लमही अस्पतालमा मृत्यु भएको हो।
त्यस्तै दार्चुलाको व्याँस गाउँपालिका ४ मा गएराती ट्याक्टर दुर्घटना हुदा बझाङको बित्थडचिर गाउँपालिका २ का २३ वर्षीय बिरेन्द्र खड्को मृत्यु भएको छ। गएराति साढे ११ बजे दोखटबाट डोबतर्फ जाँदै गरेको से २ त १७ ९९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया