Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आउँदो शनिवारदेखि १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

काठमाण्डाै – आउँदो शनिवारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ । उहाँकाअनुसार झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।

यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ । १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ ।

यसका लागि चार हजार ७ सय स्वास्थ्यकर्मी र आठ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ ।

यो रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि यसको असर देखिने गर्छ । हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छ ।

यो सामान्य नै भएकाले नआत्तिन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै, यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने खान हुँदैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP