Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

रसुवागढी नाकामा आयात बढाउने सहमति, मङ्गलवारदेखि थप सामग्री आयात हुने

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति भएको छ । नेपाल चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच भएको भर्चुअल बैठकमा नाकाबाट आयात बढाउने विषयमा चिनियाँ पक्ष सहमत भएको हो ।

आउँदो चैत १ गते मङ्गलवारदेखि सामग्री आयात बढ्ने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिनुभयो ।

मङ्गलवारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउनेछ । अहिले नाकाबाट दैनिक ९ वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ । कोभिड–१९ को प्रभाव कम हुँदै गएको र रसुवाका धेरैजसो नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेकाले नाका कोभिड पूर्वकै अवस्थामा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।

नेपाली पक्षले दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ ।

बैठकमा केरुङमा व्यापार व्यवसाय गर्दै आएका नेपाली फर्किने गरी सहजीकरण गर्न, नेपालमा आयात हुन बाँकी २५ हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा टिमुरेमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको कामलाई तीव्रता दिन आग्रह गरिएको छ ।

यस्तै चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध चोरी सिकारी र अपराध नियन्त्रणमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जैसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP