Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

शिक्षक महासङ्घसँग गरिएकाे ५५ बुँदे सहमति सङ्घीयता विराेधी छैन : मन्त्री पाैडेल

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासङ्घसँग गरिएको ५५ बुँदे सहमति सङ्घीयता विरोधी नभएको दाबी गर्नुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षक महासङ्घका मागहरू अघि बढाउने क्रममा सङ्घीय प्रणालीलाई हस्तक्षेप हुने गरी कुनै पनि प्रकारको सहमति नगरेको बताउनुभएको हो । उहाँले शैक्षिक क्षेत्रको सुधारका लागि स्थानीय तहको अधिकार सङ्घले नलिने गरेर कानुनी प्रावधानहरूको व्यवस्था गर्न लागेको बताउनुभयो । 

मन्त्री पौडेलले केही सञ्चारमाध्यमले स्थानीय पालिकालाई दिएको अधिकार सङ्घले फेरि फिर्ता लिन खोजेको भन्ने कुराप्रति लक्षित गर्दै संविधान, कानुनले स्थानीय तहलाई दिएको सङ्घीयतासँगको कुनै पनि अधिकार सङ्घ वा शिक्षा मन्त्रालयले नलिने दाबी गर्नुभयो । उहाँले आउँदाे वर्षदेखि प्रदेशमा परीक्षा बोर्ड स्थापना गरी एसईईको परीक्षा लिने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘कुनै पनि प्रकारको स्थानीय तहको अधिकार सङ्घले लिन चाहँदैन । सङ्घमा रहेको अन्य थप अधिकार पनि स्थानीय तह र प्रदेशलाई दिने गरेर कानुनी प्रावधानको व्यवस्था गर्दैछौँ । शिक्षक महासङ्घका कतिपय मागलाई अघि बढाउँदा सङ्घीय प्रणालीलाई तल–माथि हुने गरेर कानुन उल्लङ्घन गर्ने कुनै पनि प्रकारको सम्झौता, सहमति हामीले गरेका छैनौँ ।’

मन्त्री पौडेलले नेपालमा केही वर्षयता सार्वजनिक विद्यालयहरूमा शिक्षाको गुणस्तर कमजोर रहेको म्यासेज आइरहेको भन्दै सरकार अब सार्वजनिक विद्यालयलाई गुणस्तरयुक्त बनाउनेतर्फ अग्रसर भएको बताउनुभयो । सबैले सार्वजनिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार्नका लागि सङ्कल्प गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री पौडेलले शिक्षकहरूले विद्यालयमा मेहनत नगरेसम्म विद्यालयहरू सुध्रिन नसक्ने भन्दै शिक्षकहरूले आफ्नो सक्रियता बढाउन पनि आग्रह गर्नुभयो । उहाँले सार्वजनिक विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक महासङ्घले उठाएका जायज मागहरू पूरा गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । मन्त्री पौडेलले आउँदा वर्षहरूमा सार्वजनिक विद्यालयहरूबाट सक्षम जनशक्ति उत्पादन गर्ने हिसाबले मन्त्रालय अघि बढेको पनि बताउनुभयो । 

मन्त्री पौडेलले शिक्षा मन्त्रालय, शिक्षा मन्त्रालयमा काम गर्ने कर्मचारी, देशभरको शिक्षा प्रणालीको नियमन गर्ने शिक्षा तथा मानव स्राेत महाशाखा, शिक्षक सेवा आयोग, शिक्षासँग सम्बन्धित सबै निकायहरूलाई जोडेर एकीकृत शिक्षा सुधारको परियोजना अघि बढेको बताउनुभयो । उहाँले शिक्षकहरूको आन्तरिक कुराको व्यवस्थापन र १८ हजार शिक्षकको दरबन्दी पूरा गर्न प्रक्रिया अघि बढिसकेको दोहोर्‍याउनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP