Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

महिला अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ : समाजशास्त्री अर्याल

काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्याल खनालले महिला अधिकारका सम्बन्धमा समाज उदार बन्न नसकेको बताउनुभयो । कानुनी अधिकार प्रयोग गर्दै अगाडि बढेका प्रगतिशील महिलाका लागि आवश्यक वातावरण निर्माण गर्नबाट समाज पछि परेको निष्कर्ष उहाँको थियो । उहाँले परिर्वतन स्वीकार गरेर प्रगतिशिलतातर्फ लम्किएका महिलालाई बुझ्ने र त्यहीअनुसार वातावरण तयार पार्ने दिशामा समाज अघि नबढे समाज गम्भीर दुर्घटनामा पर्ने खतरा औँल्याउनुभयो ।  

समाजशास्त्री खनालले भन्नुभयो, ‘आधा हिस्सा ओगटेको एउटा समूह निरन्तर हिंसाले पीडित रहन्छ । उसलाई पिँधमा पारिन्छ । उमाथि विभिन्न किसिमको ज्यादती गरिन्छ भने कुनै पनि हिंसाको घटनामा सहने सीमा पार गरेपछि त्यो विष्फोटको रूपमा अगाडि देखापर्छ नै । महिलाहरू आत्मनिर्भर हुने क्रम जारी छ । तर ती प्रगतिशील महिलालाई हेर्ने दृष्टिकोण बनाउन अघि बढ्नुपर्ने गतिमा समाज भने अघि बढेको देखिँदैन । महिलाहरू अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ । अहिलेको द्वन्द्व भनेको यही हो ।  यदि हाम्रो समाज प्रगतिशील, आत्मनिर्भर महिलाहरूका लागि आवश्यक फराकिलो सोच विकास गर्न तयार भएन भने समाज दुर्घटनामा जान्छ र त्यसकै इन्डिकेटरको रूपमा हामीले सम्बन्धविच्छेद बढिरहेको देख्न सक्छाैँ । विभिन्न किसिमका सामाजिक समस्या बढिरहेका छन् ।’ 

उहाँले महिलाले आफूमाथिका सबै पीडा, असमानता तथा हिंसा सहनुपर्छ भन्ने पुरानै मानसिकतामा समाज रहिरहेको दाबीसमेत गर्नुभयो । पछिल्ला दिनहरूमा समाजमा महिला सहनशील हुनुपर्छ भन्ने समाजको अपेक्षा र महिलामाथि हुने हिंसाविरुद्ध शून्य सहनशिलता अपनाउनुपर्छ भन्ने अवधारणबीच द्वन्द्व चर्किँदै गएको टिप्पणी उहाँले गर्नुभयो । आफ्नो सहनशिलता चिर्दै महिलाले आफूमाथि भएको हिंसाविरुद्ध न्यायको लडाइँमा आएपछि परिवार र समाजमा हलचल मच्चिने गरेको खनालले बताउनुभयाे ।  

उहाँले भन्नुभयो, ‘जब महिलाहरूले आफूविरुद्धको हिंसा खप्न नसकेर रिपोर्ट गर्न थाल्नुहुन्छ । जब बोल्न थाल्नुहुन्छ । परिवारमा हलचल मच्चिन्छ । समुदायमा हलचल मच्चिन्छ । त्यसैले सामान्यतया हाम्रो समाजले चाहेको भनेको एउटा सहनशील नारीको व्यक्तित्व नै हो । तर आवाज उठाउनेबित्तिकै जो शक्ति केन्द्रमा छन् उनीहरूलाई त्यो सैह्य हुँदैन ।’

समाजशास्त्री खनालले सरकार र समाजले उपयुक्त ढङ्गले परिवर्तनलाई आत्मसात् गरी सहकार्य र सहयोगी हात अघि नबढाए महिलाले आफ्नो प्रजनन अधिकार प्रयोग गरी सन्तान उत्पादनमा सहयोग नगर्ने अवस्था सृजना हुने र त्यसले अन्ततः अर्थतन्त्र धान्न आवश्यक जनशक्ति सरकारसँग नहुने अवस्था आउने खतरा औँल्याउनुभयो । उहाँले विश्वभरिको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत घाटा महिलाविरुद्ध हुने हिंसाका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालमा पनि महिलाविरुद्धका हिंसाका कारण पुगेको आर्थिक घाटाबारे अध्ययन हुनुपर्ने बताउनुभयाे । समाजशास्त्री खनालले महिलामाथि हुने हिंसा महिलाको निजी समस्या नभइ सामाजिक र राजनीतिक मुद्दा भएकाले आउने चुनावमा राजनीतिक दलहरूले जवाफदेहिता देखाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले नेपाल प्रहरीले सार्वजनिक गरेको तीन वर्षे लैङ्गिक हिंसा अध्ययन रिपोर्टले महिलामाथि हुने हिंसाका घटनामा धेरैजसाे यौनजन्य र त्यसमा पनि नाबालिगमाथिको हिंसा रहेकाले उनीहरूकाे सुरक्षाका लागि सरकार थप गम्भीर र संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले पर्याप्त अध्ययन–अनुसन्धान नगरिकन हचुवाको भरमा कानुन परिर्वतन गर्नुपर्छ भनेर बहस चलाउनु खेदजनक भएको टिप्पणी गर्नुभयो । कानुन गलत भयो भन्नका लागि अध्ययन–अनुसन्धान र तथ्य आवश्यक पर्ने समाजशास्त्री खनालकाे भनाइ छ  । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP