Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग, ६ गतेदेखि आवेदन दिन पाइने

काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । 

नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनाेट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । 

म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ र पोसाकबापत ६ हजार रुपैयाँ पाउनेछन् । 

चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने सरकारले उनीहरूको बीमा गरिदिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP