Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सीमाना विवादले गुल्मीका २० घरधुरी वर्षौंदेखि लालपुर्जा विहीन

गुल्मी ।  साँध– सीमानामा विवाद हुँदा गुल्मीको सत्यवती गाउँपालिकाका २० घरधुरीले वर्षौँदेखि भोग चलन गर्दै आएको आफ्नै जमिनको लालपुर्जा पाउन नसकेको अवस्था छ । उक्त पालिकाको वडा नम्वर १ अस्लेवाका २० घरधुरीले वर्षौँदेखि भोग चलन गर्दै आएको जमिनको लालपुर्जा पाउन नसकेका हुन् । गाउँपालिका प्रमुख पारिश्वर ढकालले  सदरमुकाममा मंगलबार आयोजित  कार्यक्रममा उनीहरुको समस्या उठाएका छन् । 

राष्ट्रिय भूमि आयोग गुल्मीले आयोजना गरेको  भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यान्वयनका लागि स्थानीय तहसँग सम्झौता  कार्यक्रम भएको थियो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य  दाताराम खनालसँग उनले भने, ‘हाम्रो पालिकाको वडा नम्वर १ मा २०३६ सालमा नापी हुँदा वडा नम्वर १ र २ को सीमानाको विवाद चल्यो । त्यसपछि २० घरधुरीले अहिलेसम्म लालपुर्जा पाएनन् ।

२०५५ सालमा  साविक जिल्ला विकास समितिमा उनीहरु कै जमिन भएको टिप्पणी उठाइएको उनको भनाइ छ । उनीहरु आफ्नै जमिनमा लालपुर्जा विहीन बनेको भन्दै लालपुर्जा दिलाउन सकिने ढकालले बताएका थिए । जवाफमा  केन्द्रीय सदस्य खनालले उनीहरुको अव्यवस्थित बसोवासीको सिफारिस वडा कार्यालयबाट बनाउन भनेका थिए ।

त्यसपछि सर्वपक्षीय संयन्त्रबाट पनि सिफारिस गराई पालिका हुँदै राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयमा पठाए उनीहरुलाई लालपुर्जा दिलाउन सकिने खनालले बताए । यस्तो समस्या अन्य पालिकाहरुमा पनि भएको अन्य जनप्रतिनिधिहरुले पनि बताउँदै थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP