काठमाण्डाै – काठमाण्डौ उपत्यकामा मौसम बदली भएको छ । आज बुधवार दिउँसोपछि मौसम बदली भएको हो ।
कतै–कतै मेघगर्जनसहित छिटफुट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीसँगै हल्का असिना पनि परेको छ ।
अहिले लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पनि मौसम बदली भएको छ । ती ठाउँका एक/दुई ठाउँमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रिमनसुनको यो बेला बेलुकी पख कतै–कतै हुरी बतास र असिनापानी पर्ने गर्छ । देशका अरू ठाउँको मौसम भने सामान्यतया सफा छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया