Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

रुकुमपूर्वमा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते

रुकुम पूर्व : पुथाउत्तरगंगा गाउँपालिका–१२ गर्खानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु र २ जना घाइते भएका छन्।पुथाउत्तरगंगा–१४ राङ्सीदेखि वडा नम्बर १० तकतर्फ गइरहेको रा १ त ३३७३ नम्बरका ट्रयाक्टर शुक्रवार बेलुकी गर्खानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका तीनजनामध्ये एकको रुकुमपूर्व अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

घाइते दुईजनालाई राति रुकुमपूर्व अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको श्रेष्ठले बताए। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको छ। पुथाउत्तरगंगा–१० का वीरप्रताप बुढा मगरको अवस्था खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुने पुरुष र गम्भीर घाइते भएका पुरुषको पहिचान खुल्न सकेको छैन । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP