Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

७ दिनभित्र बक्याैता तिर्न एअरलाइन्सलाई ताकेता, नतिरे विदेश भ्रमणदेखि बैंक खातासम्म रोक्का हुने

काठमाण्डाै – पटकपटक ताकेता गर्दा पनि केही एअरलाइन्सले बक्यौता रकम नतिरेपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाही गर्ने भएको छ । प्राधिकरणले अहिले सञ्चालनमा नरहेका तर बाँकी बक्यौता नतिर्ने विभिन्न सात एअरलाइन्सलाई कारबाहीको तयारी गरेको हो । ती एअरलाइन्सलाई सात दिनभित्र बक्यौता रकम बुझाउन प्राधिकरणले आज आइतवार सार्वजनिक सूचना निकालेर ताकेता गरेको छ । 

बक्यौता रकम नबुझाउने एअरलाइन्सलाई कानुनी दायरामा ल्याइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सात दिनभित्र एअरलाइन्सले बक्यौता रकम नबुझाए कारबाही गरिने बताउनुभयो । महानिर्देशक अधिकारीले भन्नुभयो, ‘यो सूचनापछि तुरुतै प्रवेशाज्ञा रोक्का हुन्छ । विदेश भ्रमण र नेपालभरका बैंक खाता रोक्का गरिनेछ ।’

बक्यौता नतिर्ने एअरलाइन्स कम्पनीमा नेकोन एअर, शिवानी एअर, गोरखा एअर, माउन्टेन एअर, कस्मिक एअर, स्काइलाइन एअरवेज र एअर काष्ठमण्डप रहेका छन् । यीमध्ये नेकोन एयअरको चार करोड ७२ लाख २५ हजार तीन सय ४३, शिवानी एअरकाे ५५ लाख ५१ हजार ५३, गोरखा एअरको २० लाख ३५ हजार २९ रुपैयाँ बक्याैता रहेको छ । 
यस्तै कस्मिक एअरले तीन करोड ४७ लाख ५८ हजार ७०, स्काइलाइन एअरवेजले सात लाख ८० हजार चार सय, एअर काष्ठमण्डपले सात लाख ३८ हजार चार सय ४७ र माउन्टेन एअरले ६ लाख १० हजार आठ सय ३४ रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

प्राधिकरणका अनुसार ताकेतापछि कर्णाली एअरले बक्यौता तिरेको छ । बक्यौता नतिर्ने अन्य एअरलाइन्सलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता नतिरेमा सरकारी बाँकी सरह असुल उपर गर्ने कानुनअनुसार सञ्चालकको जायजेथाबाट असुल उपर हुन सक्ने प्रावधान रहेको छ । विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ती सञ्चालक तथा कम्पनीले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै पनि प्रकारको सेवा लिन नपाउने जनाइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP