Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

लक्षण नदेखिएकालाई पनि हुनसक्छ क्षयरोग, औषधि खाए रोग पूर्ण निको हुने

काठमाण्डाै – आज विश्व क्षयरोग विरुद्धको दिवस, क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा क्षयरोगको सङ्क्रमण घट्दै गएको भनिए पनि अध्ययनले नयाँ बिरामीको सङ्ख्या समेत धेरै रहेको देखाएको छ । सन् २०१८ मा भएको अध्ययनले नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी देखाएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।

अध्ययन अघि १३ हजार जना नयाँ बिरामी देखिने गरेका अनुमान गरिएको थियो । अनुमान गरिएभन्दा धेरै सङ्ख्यामा नयाँ बिरामी भेटिएकाले क्षयरोग निवारणमा चुनौती बढेको उहाँले बताउनुभयो । नयाँ–पुराना समेत गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान् छ । तीमध्ये गएको वर्ष २८ हजार ६ सय ७७ जना मात्रै उपचारको पहुँचमा पुगेका छन् । ४० हजारभन्दा धेरै स्वास्थ्यसंस्थाको सम्पर्कभन्दा बाहिर छन्।

क्षयरोगको बेलैमा पहिचान गरी औषधि खाए यो रोग पूर्णरुपमा निको हुन्छ। सरकारले क्षयरोगको औषधि उपचार नि:शुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको डाक्टर ठाकुरले बताउनुभयो ।

सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जयकुमार ठाकुरको सुझाव छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP