Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

उद्योगमा अघोषित लोडसेडिङ गरेका कुलमानले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै छन्। 

भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। त्यसबारे जानकारी दिन आज दिउँसो दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्न लागिएको उनले बताए।

 रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज पनि उद्योगलाई ३ घण्टा मात्रै विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ।

वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।  अहिले भारतमा बिजुली निकै महँगिएको र नेपालले कबोलेको रकमभन्दा बढी मूल्य पुगेपछि बुधबार पर्याप्त बिजुली नपाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

महँगोमा बिजुली खरिद गर्नुपर्ने अवस्थाकै बाबजुद पनि हामी आज रातिबाट उद्योगहरूलाई बिजुली उपलब्ध गराउँछौं,’ उनले भने, ‘ठूला उद्योगीहरू समस्यामा छन् तर घरायसी र अरू उपभोक्ताका लागि बिजुली कटौती गरिएको छैन।’

भारतबाट महँगोमा बिजुली किनेर सस्तोमा बेच्नुपर्ने अवस्था अझै केही समय रहिरहे प्राधिकरण गम्भीर संकटमा पर्ने उनको भनाइ छ। यसबारे थप जानकारी दिन आज पत्रकार सम्मेलन गर्न लागिएको घिसिङको भनाइ छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP