Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आदिवासी जनजाति महासङ्घमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार विजयी

काठमाण्डाै – आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित हुनुभएको छ ।गएराति सम्पन्न चुुनावमा सोनाम लामा वालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । शेर्पाले ४४ मत प्राप्त गर्दा वालुङ्गले ८ मत प्राप्त गर्नुभएको छ । महासचिवमा सुखवीर थामीलाई हराउँदै दिवश राई निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा एमाले र कांग्रेसकाे गठबन्धन बनेको थियो । अध्यक्ष कांग्रेस समर्थक र महासचिव एमाले समर्थक रहनुभएको छ । एमाले, कांग्रेस एकातिर र  माओवादी, सङ्घीय समाजवादी अर्कोतिर गरी गठबन्धन बनेको थियो ।

पदाधिकारीका अन्य १९ पदमा समेत एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । जस अन्तर्गत वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती,  खुल्ला उपाध्यक्ष युवराज जिरेल, ध्यानी उराँव, क्षेत्र बहादुर थकाली, गम्भीर सिं गुरुङ भोटे,  महिला उपाध्यक्षमा लाक्पा शेर्पा (ढोक्या) लहरु जिमी, श्रुती कुमाल रहनु भएको छ ।

उप-महासचिवमा रामकृष्ण लामा ब्लोन, सचिव खुल्लामा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, महिला सचिवमा ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा विमल सारु मगर र सह-कोषाध्यक्षमा रिदार नोसाङ्ग भोटे निर्वाचित हुनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको दशौँ राष्ट्रिय महाधिवेशन बुधवारदेखि कावासोतीमा सुरु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP