Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

चार प्रदेशमा हावाहुरी र चट्टयाङसहित वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका केही स्थानमा चट्याङसहित हल्का वर्षको सम्भावना रहेको छ। 

भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव र स्थानीय वायुको प्रभावले  प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ। 

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। यस्तै  प्रदेश–१ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP