Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

५० सदस्यीय टोलीसहित प्रधानमन्त्री देउवा भारत जाँदै, काशी विश्वनाथसम्मको यात्रा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै छन्। उनलाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले स्वागत गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट आइतबार साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनेछन्।

​भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवाले शुक्रबार साँझ नेपाली राजदूतावासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवालाई भारतीय सेनाले गार्ड अफ अनर दिने छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले देउवाको स्वागत गर्ने कार्यक्रम रहेको भारतीय विदेशमन्त्रालयले जनाएकाे छ।  प्रधानमन्त्री देउवा शनिबारै राज घाटस्थित महात्मा गान्धीको समाधि स्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्। 

त्यसैदिन प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री डा। एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतले भेटवार्ता गर्ने कार्यतालिका छ। शनिबार नै भारतीय प्रधानमन्त्री मोदी र देउवाबीच हैदराबाद हाउसमा औपचारिक वार्ता हुनेछ। वार्ताअघि दुबै मुलुकका प्रतिनिधिमण्डल स्तरीय छलफल हुने छ।  छलफलपछि दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

जनकपुर–जयनगर रेलको भर्चुअल उद्घाटन हुनेछ। त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। शनिबार नै नेपालबाट गएको नीजि क्षेत्रका उद्योगी व्यवसायी र  भारतीय व्यवसायी बिच नेपालमा लगानी र अवसरको बिषयमा प्रधानमन्त्रीले छलफल गर्नेछन्। छलफलपछि देउवा देउवा आइतबार बिहान उत्तरप्रदेशको वाराणसी पुग्ने कार्यक्रम छ ।

त्यहाँ देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु गर्नेछन्। प्रधानमन्त्री देउवा आइतबार बिहान काशी विश्वनाथ मन्दिरमा पूजाआजा गरेर दिल्ली फर्किने र दिल्लीबाट काठमाडौं आउने कार्यक्रम छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP