Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

मतपत्र छाप्ने मेसिनको सफल परीक्षण, आज नमुना मतपत्र छपाईको परीक्षण हुने

काठमाडौं :  जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम तीव्ररूपमा अगाडी बढाएको छ। 

नेपाली सेनाको निगरानीमा बिहीबार मेसिनको परीक्षण गरिएको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए। बिहीबार नेपाली सेना, आयोगका कर्मचारीको निगरानीमा मतपत्र छाप्ने मेसिनको परीक्षण गरिएको उनले बताए। आज मतपत्रको छपाइ परीक्षण गरिनेछ। बिहीबार मेसिन परीक्षणका लागि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालगायत आयोगका पदाधिकारी जनक शिक्षा पुगेका थिए। नेपाली सेनाको उपस्थितिमा मेसिनको परीक्षण गरिएको थियो।

मेसिनको परीक्षण सफल भएपछि आज नुमना मतपत्र छापिने छ। आजै आयोगको बैठक बसेर कहिलेबाट मतपत्र छाप्ने भन्ने निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। जनक शिक्षा अहिले नेपाली सेनाको नियन्त्रणमा रहेको छ। मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा १ सय २० जनाले गत बुधबारदेखि दिइरहेको जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता आचार्यले बताए। निर्वाचन आयोगका २० जना कर्मचारी पनि बुधबारदेखि नै आयोगले खटाइसकेको निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताए। 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन्।  एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहे पनि करिब १० प्रतिशत बढी मतपत्र छापिने प्रवक्ता पौडेलले बताए। 

यसैगरी, निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ। प्रवक्ता पौडेलका अनुसार  मतगणना स्थलमा सीटीभीको व्यवस्था गरिने छ।  सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP