Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

चितवनका ८ ठाउँमा एकै पटक देखियो बर्ड फ्लु

चितवन – चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।

चितवनमा बर्ड फ्ल’ बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो ।

सबै जिल्लामा गरी अहिलेसम्म ८८ हजार आठ सय पक्षी मारिएको, ५१ हजार सात सय ६३ अण्डा नष्ट गरिएको, ३० क्विन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको तिवारीले जानकारी दिनुभयो । नष्ट गरेको कुखुरा तथा कुखुराजन्य वस्तुबापत सरकारले आठ करोड रुपैयाँभन्दा धेरै खर्च गरिसकेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP