भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा कसको जग्गा प्लानिङ हो भन्नेबारेमा यकिन नआएकाले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया