Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

राजु लामा र दिया पुनले सगरमाथा आरोहण गर्दै

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।

मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रमसमेत गर्ने जानकारी दिए।

‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु,’ गायक लामाले भने‚ ‘विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ।’

अभिनेत्री पुनले जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले सगरमाथा हिमाल आरोहण गर्न लागेको बताइन्। अभिनेत्री पुन चैत २३ गते र गायक लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने कार्यक्रम तए भएको छ।

मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला,’ मन्त्री आलेले भने, ‘आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP