Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

पानी नपर्दा तराईका जिल्लामा गर्मी बढ्दो, धनगढीमा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस नाघ्यो

काठमाण्डाै – पानी नपर्दा तराईका जिल्लामा गर्मी लगातार बढिरहेको छ । प्रि मनसुन सुरु भएदेखि नै तराईका जिल्लामा खासै पानी परेको छैन ।

मौसम बद्ली नहुँदा र पानी पनि नपर्दा त्यस क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम लगातार बढ्दै गएको हो । धनगढीको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको छ भने नेपालगञ्जको ३९ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, भैरहवाको अधिकतम तापक्रम ३६ दशमलव ८, विरेन्द्रनगरको ३६, जनकपुरको ३४ दशमलव ५ र धरानको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस छ ।

पहाडी क्षेत्रमा दिउँसोपछि मौसम आंशिक बदली भइरहेकाले अधिकतम तापक्रम खासै धेरै बढेको छैन तर तराईका जिल्लामा भने लगातार बढिरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले देशका धेरै ठाउँको मौसम सफा छ । सबैजसो ठाउँमा बिहानैदेखि घाम लागेको  छ ।

दिउँसोपछि भने  प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भई केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद मन्जु बासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP