Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा आजदेखि काभ्रेकाे पनौतीमा देखाइँदै

काठमाण्डाै – ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा आजदेखि काभ्रेपलाञ्चोकको पनौतीमा सञ्चालन हुँदैछ । ६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष फेरि सञ्चालन हुन लागेको हो । पनौतीमा आजदेखि वैशाख १ गतेसम्म जात्रा सञ्चालन गरिनेछ। आज सांस्कृतिक परिक्रमा गरी भोलि चैत २९ र पर्सि ३० गते हरिसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ ।

यस्तै, वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ । हरिसिद्धिको त्रिशक्ति पनौतीमा बास बसुञ्जेल अन्य बाजा  बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ ।

करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँमा रहेको महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।  हरिसिद्धिबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ ।

१२ वर्षे जात्राको क्रममा विभिन्न ठाउँमा जात्रा सञ्चालन गर्नुपर्ने परम्परा अनुसार पनौतीमा जात्रा सञ्चालन हुन लागेको हो। यसभन्दा अघि धुलिखेल, दोलखा र पशुपतिमा जात्रा सञ्चालन भइसकेको छ।

शक्ति सञ्चय र पुनःस्थापनाको रुपमा लिइने १२ वर्षको हरिसिद्धि भवानीको सिद्धि पर्व गएको गाइजात्रादेखि सञ्चालन भइरहेको छ। २९ जना देवदेवी सम्मिलित हरिसिद्धिको त्रिशक्ति भवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो मुखौटा लाएर देखाइने देवीनाचको रुपमा वंशावलीमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP