झापा : बिर्तामोड नगरपालिकामा मालवाहक ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड-२ का २९ वर्षीय सम्यम बजगाईंको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड-२ स्थित रामचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
ठक्करबाट गम्भीर घाइते भएका बजगाईंको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति ११ बजे मृत्यु भएको हो। ट्रक चालक फरार रहेकाले खोजी भइरहेको डिएसपी पाठकले बताए। इलाका प्रहरी कार्यालय अनारमनीले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया