काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबार स्थगित गरेको छ।
अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा आजका लागि तोकिएको पेशी सर्वोच्चले स्थगित गरेको हो। आज दुवै पक्षलाई छलफलमा बोलाएको भए पनि सर्वोच्चले पेशी स्थगित गरेको हो। सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासले एआइजी बढुवासम्बन्धी निर्णयविरुद्ध परेको रिटमा गत मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित आज छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो।
डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश चुडालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। एआइजीमा बढुवाविरुद्ध सर्वोच्चमा डिआइजीहरू ईश्वरबाबु कार्कीले चैत १७ गते र घनश्याम अर्याल तथा प्रकाशजंग कार्कीले चैत २० गते रिट हालेका थिए।
मन्त्रिपरिषद्को चैत १७ गतेको बैठकले ३ जना डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवा सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया