संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चैनपुर–५ का पेमा ओङ्दि शेर्पाका १ वर्षका छोरा निमा सङ्गे शेर्पा रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
प्रहरी निरीक्षक खतिवडाका अनुसार निमाको खोले पकाउने भाँडामा राखिएको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो। निमाको खोले पकाउने भाडामा राखिएको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पेमा र उनकी पत्नी छोरालाई घरमै छाडेर काम गर्न खेतबारीमा गएको बेलामा घटना भएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। मृतकको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया