Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

डाक्टर र नर्सको लाइसेन्सलाई कमजोर नठानौँ : मन्त्री यादव

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन्।

बिहीवारको राष्ट्रियसभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरू दक्ष रहेको बताए। उनले सरकारले चिकित्सकहरूसँग स्वच्छ रूपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताए।

उनले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाका बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए।

मन्त्री यादवले भने, ‘जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ। त्यो एकदमै टाइट छ। त्यसमा कुनै जालझेल छैन। एकदमै फेयर छ। लाइसेन्स जुन निकालेर जुन डाक्टर, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन। परीक्षा शैली टाइट, फेयर छैन। लाइसेन्स पाएको डाक्टर दक्ष छ।’

मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP