Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

मधेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।

आज बसेको प्रदेशसभाको बैठकमा उपस्थित १०१ सांसदमध्ये उनको पक्षमा ६७ मत परेको हो। सभामुख रामचन्द्र मण्डलले विपक्षमा ३४ मत खसेको र पक्षमै बहुमत भएकाले मुख्यमन्त्री सिंहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

कुल १०७ सदस्य रहेको मधेश प्रदेशसभामा केन्द्रमा बनेको सत्ता समीकरणमा रहेका नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन्।

विपक्षी बनेका जनता समाजवादी पार्टीका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका सात, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एकजना प्रदेशसभा सदस्य रहेका छन्।

मधेश प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP