काठमाडौँ : सरकारले बसमा यात्रा गर्दा टिकट काटेर मात्रै गर्न आग्रह गरेको छ।
काठमाडौँबाट गौर जान थालेको र वीरगञ्जबाट काठमाडौँ आउन लागेको दुईवटा रात्रिबस पहिरोले बगाएपछि सरकारले यस्तो आग्रह गरेको हो।
बगेका बसमा रहेका यात्रुका बारेमा खोजी भइरहेको छ। बसमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक नभएकाले खोजीमा समस्या भएको छ। सरकारले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवं स्थानीय सरकारले यसमा ध्यान दिने सरकारले बताएको छ।
उक्त विषयमा शुक्रवार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायसँग छलफल भएको हो।
छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भने, ‘काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं आउने दुईवटा रात्रिबस सिमलटारी भन्ने ठाउँमा दुर्घटना भए। पूर्वतयारी गर्दागर्दै यति ठूलो दुर्घटना भयो। गाडी खस्यो तर कति यात्रु भन्ने कन्फ्युजन भयो। नलिईकन यात्रा गर्न दिनुभएन, यात्रुले पनि गर्नुभएन। ठाउँ ठाउँमा सुरक्षाकर्मीले चेक गर्नुपर्छ।’
उनले टिकट नलिईकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिई यात्रा नगर्न आग्रह गरे। उनले सुरक्षाबलले पनि बसलाई विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया