Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

भानुजयन्तीमा सभामुखले भने- साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्त्व कायम गर्ने बताए।

वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले आदिकवि भानुभक्तले गर्नुभएको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिए।

उनले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडी लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रुपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताए। “नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलित रुपबाट एक ठाउँमा ल्याउर विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ”, उनले भने।

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताए।

भानु प्रतिष्ठानका अध्यक्ष डा नवराज लम्सालले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे। भानुजयन्तीका अवसरमा प्रज्ञा–प्रतिठान र भानु प्रतिष्ठानले संयुक्त रुपमा आज बिहान प्रभातफेरिसहित शोभायात्रा गरेको थियो।

भानु नगरपालिका–४ चुँदीरम्घा, तनहुँमा १८७१ असार २९ गते जन्मेका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन्। भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP