Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

कांग्रेसको शेखर पक्षले थाल्यो मन्त्रीको संख्या र नामबारे छलफल

काठमाडौं : सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्न कांग्रेसको इतर पक्ष छलफलमा जुटेको छ। नेता शेखर कोइराला पक्षको बैठक विशालनगरमा बसेको छ। बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन्।

पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूको बैठक बसेको हो। हिजो बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्ने मापदण्ड टुंग्याएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औँ प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्मको समय दिएर नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए।

सोहीबमोजिम ओलीले दाबी पेश गरेका थिए। राष्ट्रपति कार्यालयले दाबी पेशका लागि दिएको आज साँझ ५ बजेसम्मको समय सकिएलगत्तै ओली प्रधानमन्त्री नियुक्त हुनेछन्। प्रधानमन्त्रीको शपथ भने भोलि बिहान ११ बजे गराउने तयारी भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP