Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

माओवादीलाई कुनै हालतमा फुट्न दिन्नँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

बुधवार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका कार्यकर्ताहरुलाई पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे।

उनले अब फुटेर गएका नेताहरु पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे। उनले माओवादीबाट विगतमा छुट्टिएकाहरु एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए। उनले फुटेका नेताहरु एकजुट गरी पुनः एकपटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए।

उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरुलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए। उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए।

उनले भने, ‘तपाईंहरुलाई चिन्ता छ, पार्टी के हुन्छ, गुटहरु छन्, गुटैगुट, पार्टी फेरि फुट्ने पो हो कि? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन, हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन्। छिटै तपाईंहरुले समाचार सुन्नुहुनेछ। हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरु पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ। मलाई विश्वास छ, ति साथीहरु छिटै पार्टी एकतामा आउँछन्।’

अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए। उनले आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गरे। उनले समाजवादको निम्ति प्रतिक्रान्तिका विरुद्ध क्रान्तिको झण्डा उठाएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP