काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टी कार्यालय सानेपामा केही दिन जारी रहने बैठकका लागि ११ वटा एजेन्डा तय भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बुधबार बैठकमा महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान सम्बन्धमा, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धीका एजेन्डाहरू प्रस्तुत भएको छन्। प्रवक्ता महतका अनुसार यी सबै एजेन्डाउपर बिहीबारदेखि लछफल सुरु हुनेछ।
यसैगरी भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ८१’ सम्बन्धमा र समसामयिक राजनीति र अन्य विविध विषयमा छलफल गर्नेगरी एजेन्डा बनाइएको छ।
बुधबारको बैठकले नुवाकोटको सूर्यचौरमा पाँच जनाको मृत्यु हुनेगरी भएको हेलिकप्टर दुर्घटनाका सन्दर्भमा पनि दु:ख व्यक्त गरेको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेको कांग्रेसले दुर्घटनाको यथार्थ छानविन पनि माग गरेको छ।
यसैगरी बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका सम्बन्धमा पनि छलफल भएको र यसबारे पनि बैठक सम्पन्न भएपछि कांग्रेसले आफ्नो दृष्टिकोण बाहिर ल्याउने प्रवक्ता महतले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया