Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

माओवादीको पदाधिकारी र स्थायी समिति बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे पदाधिकारी बैठक बस्ने र अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार स्थायी समितिमा छलफल हुने एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारीले एजेन्डा तय गरेपछि स्थायी समितिमा छलफल हुने पोखरेलले बताए।

माओवादी सत्ताबाट बहिर्गमन पछि पहिलो पटक स्थायी समिति बैठक बस्न लागेको हो। सत्ताबाट प्रतिपक्षमा पुगेपछि माओवादी संसद् र सडकबाट विपक्षीको भूमिकालाई प्रभावकारी बनाउने रणनीतिमा रहेको छ।

सडक र सदनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा आजको स्थायी समितिको बैठकले टुंगो लगाउने पोखरेलले बताए।

कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि माओवादी नेतृत्वको सरकारले सुरु गरेका काम अवरुद्ध गर्ने काम भइरहेको आरोप लगाउँदै माओवादीले त्यसका लागि दबाबमुलक कार्यक्रम गर्न लागेको हो।

आजको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक समीक्षासहित पार्टीका कार्यक्रमबारे प्रस्ताव पेश गर्ने कार्यक्रमसमेत रहेको माओवादीले जनाएको छ।

अघिल्लो साता साता पाँच दिनसम्म चलेको पदाधिकारी बैठकले संसद् र सडकबाट प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको थियो। सरकारमा रहँदा पार्टी सगठन अपेक्षित रुपमा परिचालन नभएको निष्कर्ष निकालेको बैठकले आगामी दिनमा जनता केन्द्रीत कार्यक्रम तय गर्ने र त्यसका लागि स्थायी समिति बोलाएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP