Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

राजनीति समाज परिवर्तनका लागि गर्नुपर्छ : मन्त्री चौधरी

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सत्ता परिवर्तन गर्ने राजनीति गर्नु नहुने बताएका छन्।

ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अब समाज परिवर्तन र विकासको राजनीति गर्नुपर्ने बताए। उनले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको पनि उल्लेख गरे। उनले डिजिटलाइजका कारण विस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरु हट्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

उनले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताए। मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्व दिन नसकेको बताए। उनले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाए। स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने बताए।

उनले भने, ‘अहिले विद्यालयमा खेलकुदहरु छैनन्। डिजिटल गर्दा बिस्तारै बिस्तारै खेलकुद हट्दै गएको छ। स्कुलमा खेलकुद गराउँदैन। किनभने पहिला पहिला खेलकुदको साधन हुन्थ्यो। खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन। भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ। डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस्। जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन। विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाई कमजोर हुन्छ। विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो। उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन। अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छौँ।’

खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने बताए। उनले नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताए। उनले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताए।

उनले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गरे। उनले युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP