Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

विदेश सचिव सेवा लम्साल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भएको भेटवार्ताबारे जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राई।
अ अ अ
काठमाडौँ : परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आज दिउँसो भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।

“उहाँहरुबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ”, प्रवक्ता राईले भने, “दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो।”

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्र परिचयात्मक भ्रमणमा आएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो।

भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतवार काठमाडौँ आएका थिए। उनी आजै स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP