काठमाडौँ : सांसदहरूले पछिल्लो समय असुरक्षित ठहरिएको हवाइ तथा सडक यात्राबाट भएको क्षति र जोखिमबारे सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले यात्रा जोखिम न्यूनीकरण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
रास्वपा सांसद सोविता गौतमले एकपछि अर्को हवाइ दुर्घटना हुनु र ठूलो मानवीय क्षति हुनु गम्भीर विषय भएको बताइन्। ‘एकपछि अर्का गरी भएको हवाइ दुर्घटनाको विषय गम्भीर छ। उनले भनिन्, ‘यसलाई पटक पटक यसअघि पनि उठाएकी छु। दुर्घटना न्यूनीकरण र कमजोरी सुधार्न ध्यान जावस्।’
यस्तै राप्रसा सांसद विना लामाले पनि असुरक्षित हवाइ तथा सडक यात्राको विषयमा ध्यानाकर्षण गराइन्। ग्रामीण भेगमा पैदा यात्रासमेत असुरक्षित रहेको उनले बताइन्।
अर्का सांसद हरि ढकालले प्राकृतिक प्रकोपका कारण मात्र नभई भ्रष्टाचारको प्रकोपले सडक तथा पुल कमजोर हुँदा यात्रा प्रभावित हुने गरेको बताए।
यसैगरी वीरेन्द्र महतोले मधेशमा नदी कटानबाट हुन सक्ने जोखिम र यसले पुर्याउने क्षतिबारे विषय उठाए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया