२ भदौ आइतबार
दुर्गा प्रसाद काफ्ले
चन्द्रौटा कपिलवस्तु
नेकपा एमाले बाणगङ्गा नगर कमिटीको दाेस्राे अधिवेशन यही भदौ ७गते हुने भएको हुँदा उक्त अधिवेशनका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज बाणगङ्गा नगर कमिटीको आयोजनामा शनिबार सिद्धार्थ क्याम्पसमा सम्पन्न भएको छ।ल क.दिलबहादुर खातीकाे अध्यक्षतामा भएको कार्यक्रमले ९जना प्रतिनिधि छनौट गरेको छ । दाेस्राे अधिवेशनका लागि छनौट भएका सदस्यहरू यसप्रकार रहेका छन् ।
गंगादेवी सुनार,बिमला परियार ,कमला बि.क.,दिपिका सुनार रघुनाथ बिश्वकर्मा ,हस्त बहादुर सुनार ,केशव बहादुर बि.क.,पदम बहादुर सुनार र नरबहादुर सुनार रहेको आयोजकले जनाएको छ। यसरी छनौट भएका सदस्यहरूलाई कार्यक्रममा बाेल्ने बक्ताहरूले दाेस्राे अधिवेशनकाे सफलताको शुभकामना ब्यक्त गर्दै अब दलितहरू सक्षम भएको बताउदै नेतृत्वमा सदस्य संख्या बृद्वि गर्नुपर्ने जाेड दिए ।
नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य पुर्णकला सुनारको प्रमुख आतिथ्यता,जिल्ला कमिटी सदस्य सुमित्रा परियार ,मुक्ति समाज केन्द्रीय सदस्य टीकाराम सुनारकाे बिशिस्ट आतिथ्यता , जिल्ला कमिटी सदस्य शारदा परियार ,नगर कमिटीका पदाधिकारी लगाएतकाे सक्रिय सहभागीता रहेको कार्यक्रम पार्वती सुनारको स्वागत मन्त्ब्य र मुक्ति समाजका अध्यक्ष कृष्ण बि.क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया