काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताएका छन्।
पानीको बहाव बढ्नेबित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उनले त्यसबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिबद्धता जनाएका हुन्। च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रीय पार्टी कार्यालय पनि डुबानमा पर्दै आएको छ। डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालयअगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गरेका थिए।
खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताए। उनले मोटरेबल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरूसँग बसेर निर्णय लिने पनि जानकारी दिए। उनले पुलमुनिको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको बताए।
उनले च्यासल क्षेत्रको सडक महत्त्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको बताए।
ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रूपमा बग्न पुल बाधक देखिएको बताए। उनले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिएको बताए। उनले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताए।
उनले पुल मर्मत गरी पानी सहज रूपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया