काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका कारण राष्ट्रिय सहमतिको सरकार बन्न नसकेको बताएका छन्।
आफूहरूले राष्ट्रिय सहमतिको सरकार गठनको प्रयासस्वरुप कांग्रेससँग सहमति गरेको र सोही अनुसार माओवादीसँग प्रस्ताव गर्दा प्रचण्डले नमानेको पोखरेलले बताए।
कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले नयाँ यात्राको थालनी गर्ने आफूहरूको प्रयास सार्थक हुन नसकेको बताए।
‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र आदरणीय शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी गर्यौं । त्यो प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि थियो।’ पोखरेलले भने, ‘त्यसैका लागि भोलिपल्ट बिहानै केपी ओली प्रचण्डलाई भेट्न बालुवाटार जानुभएको थियो । उहाँले मान्ने अवस्था भएन। त्यसपछि जे सहमति भयो त्यसलाई हामीले संसदमै प्रस्तुत गर्ने समझदारी बन्यो। यदि प्रचण्डजी तयार भएको भए दुई पार्टीको सहमति तीन पार्टीबीचको सहमतिका रुपमा बदलिन्थ्यो। एउटा नयाँ यात्रा सुरु हुन्थ्यो।’
उनले कांग्रेस र एमालेबीचको समझदारी मुलुकको स्थायित्वका लागि भएको जिकिर गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया