Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

दक्षिण एशियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एशियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एशियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छन्।

आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गर्न पुगेका दक्षिण एशियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले संयुक्त रूपमा अनुसन्धान गरी समस्या समाधानका उपाय सुझाउन आग्रह गरेकी हुन्। अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा. राणाले भनिन्, ‘जलवायु परिवर्तन अहिले यो क्षेत्रको प्रमुख समस्या भएको छ। दक्षिण एशियाली क्षेत्रका अन्य कैयौँ साझा समस्या छन्। ती समस्याको समाधान गर्न यस विश्वविद्यालयका अनुसन्धाता एवं प्राज्ञले संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउँदा प्रभावकारी कार्यान्वयनमा सहजता हुनेछ।’

भेटमा विश्वविद्यालयका अध्यक्ष प्रा. अग्रवालले विश्वविद्यालयका क्रियाकलापका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपालमा क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। उक्त विश्वविद्यालय दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वविद्यालयका पदेन कुलपति रहने व्यवस्था छ।

नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन्। मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले पनि भेट गरेका थिए।

भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणा आज अपराह्न स्वदेश फकँदै छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP