Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

गठ्ठाघर घटना संसदमा प्रवेश, ट्राफिकले लुकेर चेकिङ गर्न रोक्नुपर्ने माग

काठमाडौँ : भक्तपुरको गट्ठाघरमा घटेको घटना संसदमा प्रवेश गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुशीला थिङले ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा उक्त दुर्घटना घटेको भन्दै यसरी लुकेर चेकिङ गर्न बन्द गर्नुपर्ने माग गरिन्।

उनले भनिन्, ‘साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्राफिकले स्पिड चेक गर्ने क्रममा एउटा स्कुटरलाई रोकी चेक गर्दा एक्कासी मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरचालक उत्तम कोइरालाको घटनास्थलमै ज्यान गयो, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै र घटना घट्नुको कारण ट्राफिक प्रहरीले लुकिछिपी स्पिड चेक गर्दा घटना घटेको सुन्न आएको हुँदा अबदेखि ट्राफिक प्रहरीले त्यसरी लुकिछिपी चेक नगर्न र याे कार्यलाई राेक्न सरकारको ध्यानाकर्षण गर्दछु।’

साउन ३१ गते बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँँदा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौँको कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटना ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा घटेको भन्दै सर्वसाधारणहरुले उक्त कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP