काठमाडौं : प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन्।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उpgले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य शिक्षकहरू नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको बताए। उनले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्ने कुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए।
उनले शिक्षा विधेयक अहिले संसदमा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न आग्रह गरे। उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए। सबै राजनीतिक दलहरू सत्ताका लागि मरिहत्ते गरिरहेको बताए।
प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताए। उनले देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट आउने गरेको भन्दै यस्तै प्रकारले देशमा समाजवाद नआउने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया