Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्छ : गृहमन्त्री लेखक

जनकपुरधाम : गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन्।

शुक्रबार जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताएका हुन्।

कांग्रेस र एमाले पहिलोपटक मात्रै नमिलेको बताए। ‘कांग्रेस-एमाले पहिलोपटक मिलेको होइन। यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ गृहमन्त्री लेखकले भने’

‘गृहमन्त्री लेखकले ‘संसदमा कुनै पनि दलको बहुमत भएन। साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो। संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो । त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ।’

उनले १८ वर्षदेखि निष्कर्षमा पुग्‍न नसकेकीरहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा निष्कर्षमा पुर्‍याउन सफल भएको स्पष्ट गरे।

गृहमन्त्री लेखकले छोटै समयमा समीकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व नपाएकोले आफूहरूले विकल्प खोजेको पनि प्रष्ट पारे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP