Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

रवि लामिछानेसँग राति १ बजेसम्म बयान, ९ घण्टामा ५१ प्रश्न

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घण्टाभन्दा बढी बयान लिएको छ। समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान राति १ बजेसम्म चलेको थियो ।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेसँग समितिले बयान लिएको हो। लामिछानेसँग राति १ बजेसम्म बयान लिएको समितिका सभापति सूर्य थापाले बताए। ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, राति १:५ बजे मा’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेको सोधपुछ प्रतिवेदनमा हस्ताक्षरपछि‍‍‍‍…।’

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका थिए । अधिकांश प्रश्नमा उनी उम्किन खोजेको समितिका एक सदस्यले जानकारी दिए।

‘अधिकांश प्रश्नमा लामिछाने जिम्मेवारीबाट उम्कन खोज्नुभएको छ’, उनले भने, ‘तर, तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्नमा स्वीकार पनि गर्नुभएको छ।’ लामिछानेले भने आफू १४ महिना प्रबन्ध निर्देशक रहेको कम्पनीको आर्थिक कारोबारबारे थाहा नभएको, सहकारीबाट आएको रकमको कानुनी दायित्य आफूमा नरहेको जवाफ दिएका छन्।

उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईको जिम्मेवारी रहेको बयान दिए।आफू गृहमन्त्री हुँदा राईलाई पक्राउ गरेर ल्याउने काममा धेरै नजिक पुगेको भन्दै उनले अहिलेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न तेर्स्याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP