Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने अडान

 

 

संघीय सरकारले जाजरकोटको नलगाड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएपछि विवाद भएको छ । नगर प्रमुख डम्बरबहादुर रावतले नयाँ खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने अडान लिंदै हाल कार्यरतलाई नै केही समय काम गर्न दिनुपर्ने माग गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ साउनमा नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईको ठाउँमा गोपाल शाहीलाई कामकाज गर्न खटाएको थियो।

 

जिल्ला समन्वय समिति जाजरकोटमा कार्यरत शाहीलाई नलगाडमा पठाएर भट्टराईलाई शाहीको ठाउँमा सरुवा गरिएको थियो । तर, नगरप्रमुख रावतले नलगाड नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त नभएको अवस्थामा पालिकालाई जानकारी नगराई भट्टराईको सरुवा गरिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेका छन् ।

‘तीन तहको सरकारमध्ये सबैभन्दा जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँग समन्वय नै नगरी कामकाजमा खटाइएकोले मन्त्रालयबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई कार्यालयमा राखी कामकाजमा खटाउन असमर्थ भएकोले उहाँलाई हाजिर नगराई फिर्ता पठाइएको छ,’ पत्रमा भनिएको छ ।

 

पत्रमा साविकमा कामकाज गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः खटाउन माग गरिएको छ ।

कर्मचारीहरुले शाहीले नगरपालिकामा हाजिर गर्नसक्ने भन्दै मेयर रावतले हाजिरी किताब लुकाएको दाबी गरेका छन् । तर, मेयर रावतले भने ई-हाजिरी हुने कार्यालयमा हाजिरी किताब लुकाएको दाबी नै गलत भएको अनलाइनखबरसँग बताए ।

‘यहाँको त्रिभुवन माविमा आर्थिक अपचल भएकोबारे जिल्ला प्रशासन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई नेतृत्वमा समिति बनाएको छ, सो प्रतिवेदन प्राप्त नभइन्जेल उहाँको सरुवा नहोस् भन्ने चाहेको हुँ,’ उनले भने,‘केही समयमै त्यो छानबिन सकिन्थ्यो, त्यतिन्जेल सरुवा नहोस् भनेर पत्र लेखेको हुँ ।’

प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका शाही स्थानीय नै नभएकोले काममा लगाउन आपत्ति नरहेको उनले बताए । शाहीसँगको छलफलपछि नै आफूले मन्त्रालयमा पत्र लेखेको उनको दाबी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP