Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरि कारबाही गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं : पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ।

पार्टी कार्यालय वनस्थलीमा अहिले केहीबेरमा बैठक बस्न लागेको हो। आजको बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ। ढकाललाई पछिल्लोपटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाएपछि आज कारबाही गर्न लागिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए।

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ। जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो।

महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न नछोडेपछि रास्वपाले साधारण सदस्यतासमेत खारेज गर्ने तयारी गरेको हो।

यस्तै आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP